एनसेल र माछापुच्छ्रे ब्यांकबीच सम्झौता
माछापुच्छ्रे ब्यांंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्म मार्फत सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ।
सम्झौतापत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे ब्यांंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार अब माछापुच्छ्रे ब्यांकमा खाता भएका एनसेलका ग्राहकले ब्यांकको मोबाइल ब्यांकिङ एप एमबीएल एम-स्मार्टको चेक आउट सर्भिस प्रयोग गरी एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइट मार्फत सजिलै ब्यालेन्स रिचार्ज तथा अन्य सेवासुविधा खरीदका लागि भुक्तानी गर्न सक्नेछन्।
त्यस्तै, एनसेलका वितरक तथा खुद्रा विक्रेताले पनि रिटेलर्स एप मार्फत सीधै माछापुच्छ्रे ब्यांंकको खातामा रहेको रकमबाट भर्चुअल फन्ड लोड गर्न सक्नेछन्। यस सम्झौताले ग्राहकको डिजिटल यात्रालाई सहज बनाउँदै सधैं अन रहन सहयोग गर्ने एनसेल र माछापुच्छ्रे ब्यांंकले जनाएका छन्।