नबिल ब्यांकले पायो इनोभेसन अवार्ड
नबिल ब्यांंक लिमिटेडले प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड प्राप्त गरेको छ।
ब्यांकले प्रोसेस इनोभेसनका लागि प्लेटिनम अवार्ड पाएको हो। अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदानस्वरूप अवार्ड प्रदान गरिएको जनाइएको छ। यो अवार्ड अन्तर्गत १० विधामा २०० भन्दा बढी मनोनयन भएका थिए।
यो अवार्डले नबिल ब्यांकले लिएको डिजिटल रणनीतिले अन्तर्राष्ट्रिय रूपमा मान्यता पाएको पुष्टि भएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए। “यो पुरस्कारले डिजिटल रणनीतिमा नबिल ब्यांकको उत्कृष्टता र इनोभेसनप्रतिको समर्पणलाई झल्काउँछ,” ढुंगानाले भने।