एनएमबी ब्यांकको ईभी अटो लोन ८.९९ प्रतिशतमा
एनएमबी ब्यांकले सात वर्षका लागि ८.९९ प्रतिशत निश्चित ब्याजदरमा विद्युतीय सवारीसाधन कर्जा उपलब्ध गराउन थालेको छ।
विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्द्धन गर्न र दिगो भविष्यका लागि विद्युतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै कर्जा उपलब्ध गराउन थालेको ब्यांकले जनाएको छ। यस योजनामा सजिलै विद्युतीय सवारीसाधन फाइनान्स गर्न सकिनेछ।
यसमा लचिलो भुक्तानी विकल्पसँगै द्रुत स्वीकृति प्रक्रिया अवलम्बन गरिएको ब्यांकले जनाएको छ। देशभर एनएमबी ब्यांकका २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टर छन्।