कला/साहित्य शनिबार, साउन ३२, २०७६

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

हिमालखबर

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । ७२ वर्षको उमेरमा अधिकारीको शनिबार आफ्नै निवास डल्लुमा निधन भएको हो ।

चार दशक बढी नेपाली कलाकारिता क्षेत्रमा सक्रिय रहेकी अधिकारीले चिनो, कन्यादान, भाउजुलगायत चर्चित चलचित्रमा अभिनय गरेकी थिइन् ।

टेलिफिल्म, नाटक, गीतिनाटक सानो पर्दामा पनि अभिनय गरेकी थिइन् । उनको पहिलो फिल्म ‘मनको बाँध’ हो । अधिकारीलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरेर घरमा लगिएको थियो ।

प्रतिकृया दिनुहोस