एभरेष्ट ब्यांक र वानपोइन्ट फाइनान्सियलबीच समझदारी
ब्यांक तथा वित्तीय संस्थालाई एपीआई मेनेजमेन्ट सिस्टम उपलब्ध गराइरहेको वानपोइन्ट फाइनान्सियल सर्भिसेज र एभरेष्ट ब्यांकबीच समझदारी भएको छ।
समझदारीपत्रमा ब्यांकका तर्फबाट डेपुटी जनरल मेनेजर आशुतोष शर्मा र वानपोइन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीप्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार एभरेष्ट ब्यांकलाई वानपोइन्टले एपीआई मेनेजमेन्ट सिस्टम (एपीआईएमएस) उपलब्ध गराउनेछ। यसले ब्यांकको एपीआई सिस्टमलाई व्यवस्थित बनाउन सहयोग गर्ने जनाइएको छ।
एभरेष्ट ब्यांकका हालसम्म १४ लाखभन्दा बढी ग्राहक छन्। देशभर १२८ शाखा सञ्जाल, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय र १६४ एटीएम छन्।