ग्लोबल आइएमई ब्यांकले ल्यायो विशेष आवास योजना
![ग्लोबल आइएमई ब्यांकले ल्यायो विशेष आवास योजना](https://www.himalkhabar.com/uploads/posts/800X600/GIBL-1707904293.jpg)
ग्लोबल आइएमई ब्यांक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना ल्याएको छ।
ब्यांकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरीदलाई लक्ष्यित गरी निश्चिन्त आवास योजना (घर कर्जा) ल्याएको हो। विशेष घर कर्जा योजना अन्तर्गत अन्य ब्यांक तथा वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका व्यक्तिले पनि सहज रूपमा कर्जा सार्न सक्नेछन्।
यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत ब्याजदरमा, १० देखि १५ वर्षसम्मका लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढि अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन्।
आवश्यक कागजात पेश गरेको दुई कार्य दिनभित्र नै कर्जा प्रवाह गरिने ब्यांकले जनाएको छ।