भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा
![भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा](https://www.himalkhabar.com/uploads/posts/800X600/s-jayashankar-(4)-1704343180.jpg)
भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन्।
नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर बिहीबार बिहान काठमाडौं आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव सेवा लम्साल लगायत परराष्ट्रका अधिकारीले उनलाई स्वागत गरेका छन्।
![s jayashankar (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Foreign-Issues/s jayashankar/s jayashankar (1).jpg)
सन् १९८७ मा संयुक्त आयोग गठन भएको थियो। आयोगको बैठकमा नेपाल-भारत द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गरिंदै आएको छ।
बैठकमा सहभागी हुन भारतका विदेशसचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयको नेपाल र भूटान डेस्क सहसचिव अनुराग श्रीवास्तव पनि काठमाडौं आइपुगेका छन्।
![s jayashankar (2).jpg](https://www.himalkhabar.com/uploads/editor/Foreign-Issues/s jayashankar/s jayashankar (2).jpg)
![s jayashankar (6).jpg](https://www.himalkhabar.com/uploads/editor/Foreign-Issues/s jayashankar/s jayashankar (6).jpg)
![s jayashankar (7).jpg](https://www.himalkhabar.com/uploads/editor/Foreign-Issues/s jayashankar/s jayashankar (7).jpg)