क्यूआर पेमेन्टमा ग्लोबल आइएमई ब्यांकको विशेष छुट योजना
![क्यूआर पेमेन्टमा ग्लोबल आइएमई ब्यांकको विशेष छुट योजना](https://www.himalkhabar.com/uploads/posts/800X600/QR-Payment-Image-1703922422.jpeg)
ग्लोबल आइएमई ब्यौंक लिमिटेडले १७औं वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल ब्यांंकिङ मार्फत गरिने कारोबारमा विशेष छुट योजना ल्याएको छ।
ब्यांकले १७ प्रतिशतसम्म छुट तथा एक हजार रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको हो। यो योजना पुस १६ देखि माघ १७ गतेसम्मसम्म चल्नेछ।
भिसा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट योजना अवधिभर पीओएस मेसिनमार्फत गरिने १० वटाभन्दा बढी कारोबारमा २० हजार रुपैयाँभन्दा माथिको कारोबार रकममा एक हजार रुपैयाँको क्यासब्याक उपलब्ध गराउने भएके छ।
नयाँ खाता खोलेर पहिलो पटक क्यूआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम १७० रुपैयाँसम्मको छुट प्रदान गरिने ब्यांकले जनाएको छ। यो क्यासब्याक योजना पुस १७ देखि २३ गतेसम्म लागू हुनेछ।