बाँकेमा भेटिएको शंकास्पद वस्तु सैनिक टोलीद्वारा निष्क्रिय
बाँकेमा भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ।
बिहीबार राप्ती सोनारी गाउँपालिका-२ स्थित खैरी खोलामा शंकास्पद वस्तु भेटिएको थियो। सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय बनाएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
त्यस्तै, नेपाली सेनाको टोलीले पाल्पाको तानसेन नगरपालिका-५, धमरपानीस्थित जंगलमा लागेको डढेलो पनि नियन्त्रणमा लिएको छ। स्थानीय बासिन्दाको सहयोगमा डढेलो नियन्त्रणमा लिएको निर्देशनालयले जनाएको छ।
यसैबीच रोल्पाको रोल्पा नगरपालिका-१, खवासेमा लागेको आगो पनि सैनिक टोलीले नियन्त्रणमा लिएको छ। अन्य सुरक्षा निकायसँगै स्थानीय बासिन्दाको सहयोगमा सैनिक टोलीले आगो नियन्त्रणमा लिएको हो।