टुँडिखेलमा सैनिक रणकौशल प्रदर्शन (तस्वीरहरू)
![टुँडिखेलमा सैनिक रणकौशल प्रदर्शन (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/army-day-(9)-1709882855.jpg)
महाशिवरात्रि एवं २६१औं सेना दिवसका अवसरमा नेपाली सेनाले रणकौशल प्रदर्शन गरेको छ।
सैनिक दिवसका अवसरमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए। नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।
समारोहमा सेनाको हेलिकोप्टर मार्फत पुष्पवृष्टि गरिएको थियो। यससँगै राष्ट्रिय झन्डा र ‘सेना दिवस-२०८०’ लेखिएको ब्यानर प्रदर्शन गरिएको छ।
![army day (2).jpg](https://www.himalkhabar.com/uploads/editor/army/army day_2080/army day (2).jpg)
यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ तथा कवाज प्रस्तुत गरेको छ। समारोहमा सेनाले विभिन्न रणकौशल तथा परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य प्रदर्शन गरेको छ।
त्यस्तै, नेपाली सेनाले शान्ति मिसनमा प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको प्रदर्शन गरेको छ।
![army day (1).jpg](https://www.himalkhabar.com/uploads/editor/army/army day_2080/army day (1).jpg)
![army day (3).jpg](https://www.himalkhabar.com/uploads/editor/army/army day_2080/army day (3).jpg)
![army day (4).jpg](https://www.himalkhabar.com/uploads/editor/army/army day_2080/army day (4).jpg)
![army day (6).jpg](https://www.himalkhabar.com/uploads/editor/army/army day_2080/army day (6).jpg)
![army day (7).jpg](https://www.himalkhabar.com/uploads/editor/army/army day_2080/army day (7).jpg)
![army day (8).jpg](https://www.himalkhabar.com/uploads/editor/army/army day_2080/army day (8).jpg)
![army day (5).jpg](https://www.himalkhabar.com/uploads/editor/army/army day_2080/army day (5).jpg)