सबैभन्दा बढी कर तिर्ने ग्लोबल आइएमई ब्यांकलाई सम्मान
![सबैभन्दा बढी कर तिर्ने ग्लोबल आइएमई ब्यांकलाई सम्मान](https://www.himalkhabar.com/uploads/posts/800X600/chandra-dhakal-1700733796.jpg)
ब्यांक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर ग्लोबल आइएमई ब्यांक लिमिटेडले तिरेको छ।
आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा ब्यांंक तथा वित्तीय संस्था अन्तर्गत सर्वाधिक कर तिर्ने ग्लोबल आइएमई ब्यांकलाई सम्मान गरेको छ। ब्यांंकले आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो।
कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री प्रकाशशरण महतले ग्लोबल आइएमई ब्यांकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदरस्वरूप सम्मानपत्र प्रदान गरेका छन्। हाल ब्यांकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ।
सन् २००७ मा वाणिज्य ब्यांकका रूपमा ब्यांकिङ कारोबार शुरू गरेको ग्लोबल आइएमई ब्यांकले आफ्नो ब्यांकिङ यात्रामा विभिन्न २१ वटा ब्यांक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्ति गरेको छ। देशका सबै जिल्लामा ग्लोबल आइएमई ब्यांकका शाखा छन्।