एभरेष्ट ब्यांकद्वारा भूकम्पपीडितलाई २५ लाख सहयोग
![एभरेष्ट ब्यांकद्वारा भूकम्पपीडितलाई २५ लाख सहयोग](https://www.himalkhabar.com/uploads/posts/800X600/Bhukampapidit-1699357215.jpg)
एभरेष्ट ब्यांंक लिमिटेडले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि २५ लाख सहयोग गरेको छ।
भूकम्पबाट प्रभावितलाई उद्धार तथा राहत वितरण गर्न ब्यांकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा २५ लाख रुपैयाँ जम्मा गरेको छ। यसबाट भूकम्प प्रभावितलाई राहत र उद्धारमा थोरै भए पनि सहयोग पुग्ने ब्यांकको विश्वास छ।
यसअघि पनि ब्यांकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रूपले पिछडिएका वर्गको आयआर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आएको थियो।