मेट्रो मार्टमा क्यूआर भुक्तानीमा १५ प्रतिशत छूट
![मेट्रो मार्टमा क्यूआर भुक्तानीमा १५ प्रतिशत छूट](https://www.himalkhabar.com/uploads/posts/800X600/Metro-1006x360px_1692266936.jpg)
ग्लोबल आईएमई ब्यांंक लिमिटेडले आफ्ना ग्राहकका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्ट स्टोरबाट सामान किन्दा स्मार्ट क्यूआर भुक्तानीमा १५ प्रतिशतसम्म छूट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।
यो योजना अन्तर्गत ग्लोबल आईएमई ब्यांंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ बाट स्मार्ट क्यूआर स्क्यान गर्नुपर्नेछ। यो योजनामा एक पटकको खरीदको २०० रुपैयाँसम्म र योजना अवधिभर ५०० रुपैयाँसम्म छूट पाइनेछ।
यो योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टका जोरपाटी, सानेपा र पेप्सीकोलास्थित स्टोर मा लागू हुने ब्यांकले जनाएको छ।