क्यूआर कोड मार्फत भुक्तानीको भोइस मेसेजबाट जानकारी
![क्यूआर कोड मार्फत भुक्तानीको भोइस मेसेजबाट जानकारी](https://www.himalkhabar.com/uploads/posts/800X600/QR-Sound-1280x640px_1_1691650957.jpg)
ग्लोबल आईएमई ब्यांंकले क्यूआर कोड मार्फत गरिने भुक्तानी पुष्टि हुने गरी स्मार्ट अडियो डिभाइसबाट भोइस मेसेज दिने सुविधा ल्याएको छ।
क्यूआर कोड मार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्ले सहितको सेवा शुरू गरेको हो। यो योजनासँगै ग्लोबल आईएमई ब्यांंकका ग्राहकले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा एलईडी बोर्डमा रहेको साउन्ड बक्सले भुक्तानी पुष्टि गर्ने भोइस मेसेज दिनेछ।
यसले ग्राहक र व्यापारीका लागि सम्पूर्ण प्रक्रियालाई सुविधाजनक बनाउने ब्यांकले जनाएको छ। यसबाट मर्चेन्ट-व्यापारी तथा ग्राहकलाई मोबाइल फोनमा भुक्तानी प्राप्त भएको मेसेजका निमित्त कुर्नुपर्ने समयको पनि बचत हुने जनाइएको छ।
ग्लोबल आईएमई ब्यांकले देशका ७७ वटै जिल्लामा ३५९ शाखा कार्यालय, ३६७ एटीएम, ३२२ शाखा रहित ब्यांंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय मार्फत सेवा दिइरहेको छ।