सैनिक युनिट मातहतका होल्डिङ सेन्टरका स्वास्थ्य उपकरण प्रयोगविहीन
![सैनिक युनिट मातहतका होल्डिङ सेन्टरका स्वास्थ्य उपकरण प्रयोगविहीन](https://www.himalkhabar.com/uploads/posts/800X600/holding-centre__पबलअजबलउगच_1681388268.jpg)
सरकारले कोभिड-१९ महामारीका वेला बनाएका होल्डिङ सेन्टर प्रयोगविहीन बनेका छन्।
महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ६०औं वार्षिक प्रतिवेदनको सारांशमा नेपाली सेनाका युनिट मातहत रहेका होल्डिङ सेन्टरका उपकरण अलपत्र परेको औंलाएको छ।
झापा, मोरङ, पर्सा, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुरमा रहेका एक हजार बेड क्षमताका सात वटा होल्डिङ सेन्टरका स्वास्थय उपकरण प्रयोगहीन बनेका हुन्।
होल्डिङ सेन्टरमा अक्सिजन आपूर्ति उपकरण, विरामीको बेड तथा अन्य स्वास्थ्य सामग्री छन्। यी होल्डिङ सेन्टर बनाउन राज्यकोषको दुई अर्ब १६ लाख रुपैयाँ खर्च भएको समेत प्रतिवेदनमा उल्लेख छ।
प्रयोगहीन बनेका यी सामग्री अन्य विपद व्यवस्थापनका लागि सुरक्षण गर्न पनि महालेखाले सुझाएको छ।