मदन पुरस्कारको श्रेष्ठ सूचीमा आठ पुस्तक छनोट
![मदन पुरस्कारको श्रेष्ठ सूचीमा आठ पुस्तक छनोट](https://www.himalkhabar.com/uploads/posts/800X600/madan_1659937079.jpg)
मदन पुरस्कारका लागि श्रेष्ठ आठ पुस्तक छनोट भएका छन्। २०७८ को पुरस्कारका लागि प्राप्त २९९ पुस्तकबाट आठ वटा छनोट भएको मदन पुरस्कार गुठीले जनाएको छ।
श्रेष्ठ आठ पुस्तकमा नवराज लम्सालको अग्नि‚ दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको नीलो बतास‚ वसन्त बस्नेतको महाभारा‚ दीपा मेवाहाङ राईको यादको सन्दुक‚ नारायण पौडेलको लिच्छवि लिपि‚ नीलमणि ढुङ्गनाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश‚ सुजित मैनालीको सती: इतिहास र मीमांसा र पद्मसुन्दर जोशीको हिति प्रणाली रहेका छन्।
छनोटमा परेका पुस्तकमध्ये एकलाई २०७८ को मदन पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ।