नेपालले गर्यो युक्रेनमाथि रुसी आक्रमणको विरोध
![नेपालले गर्यो युक्रेनमाथि रुसी आक्रमणको विरोध](https://www.himalkhabar.com/uploads/posts/800X600/ukraine_1645691035.jpg)
रुसले युक्रेनमाथि गरेको आक्रमणको नेपालले विरोध गरेको छ।
बुधबार बिहानैदेखि रुसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण शुरू गरेको छ। युक्रेनको राजधानी किइभमा बिहानैदेखि हवाई आक्रमण गरेको हो।
युक्रेनमाथि भएको रुसी आक्रमणमा प्रतिक्रिया जनाउँदै नेपालले घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ। बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी कुनै पनि सार्वभौम राष्ट्र विरुद्धको शक्ति प्रयोगको विरोध गर्दै शान्तिपूर्ण तरीकाले समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएको छ।
परराष्ट्र मन्त्रालयले भनेको छ, “नेपालले कुनै पनि अवस्थामा सार्वभौमसत्ता सम्पन्न मुलुक विरुद्ध हुने शक्ति प्रयोगको विरोध गर्छ।” यससँगै कूटनीतिक प्रयास र संवाद मार्फत समस्याको समाधान हुनुपर्नेमा नेपालले जोड दिएको छ।