१० लाख बीमा सहित मुक्तिनाथ बचत खाता
![१० लाख बीमा सहित मुक्तिनाथ बचत खाता](https://www.himalkhabar.com/uploads/posts/800X600/muktinath_bank_1631798498.jpg)
मुक्तिनाथ विकास ब्यांक लिमिटेडले रु.१० लाखको दुर्घटना, मृत्यु तथा अशक्त बीमा सुविधा सहित ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ।
१० हजारको न्यूनतम मौज्दातमा ग्राहकले यो बचत खाता खोल्न सक्नेछन्। यस खातामा ब्यांकले वार्षिक ५.५० प्रतिशतका दरले मासिक ब्याज भुक्तानी गर्नेछ।
यसमा पहिलो वर्ष निःशुल्क भिसा डेबिट कार्ड र हरेक वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट ब्यांकिङ सेवा समेत पाइनेछ।