सात दिन, १४ सामग्री
११ चैतदेखि शुरु कोभिड १९ विरुद्धको बन्दाबन्दी लगत्तै साप्ताहिक 'हिमाल खबरपत्रिका'ले आफ्नो छापा संस्करण स्थगन गरी अनलाइन पोर्टल मार्फत अझ बढी सक्रिय, सचेत, सत्य र विश्वसनीय पत्रकारिता अभ्यासको प्रयत्न गरिरहेको छ। 'सम्पादकको सिफारिश, सात दिन १४ सामग्री' त्यसैमध्येको एक साप्ताहिक स्तम्भ हो, जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं। हिजोका यी सामग्रीहरुप्रतिको तपाईंको आजको मूल्यांकनले भोलिको आकलन गर्न सहज हुने हाम्रो विश्वास छ।
१. नयाँ वर्ष, नयाँ अमेरिकी सरकार र नयाँ आशा
सन् २०२० मा कोभिड–१९ महामारीका कारण अचानक हामीले आफ्ना प्रियजनसँगै थुप्रै कुरा गुमाएका छौं। तर, बाँचेकाहरूका लागि यही महामारीले हाम्रो जीवनशैलीमा क्रमभङ्ग गर्ने अवसर पनि प्रदान गरेको छ। हिमालखबरको नयाँ वर्ष सन् २०२१ विशेष सामग्री :
२. ऋणीको जग्गा सस्तैमा हडपेको एनआईसी एशियाको एउटै मुद्दा लड्न २३ जना वकील, मुद्दा भने सारेको सार्यै
ऋणीको जग्गा चलनचल्तीको मूल्य भन्दा निकै सस्तोमा हडपेको सम्बन्धी एक मुद्दामा एनआईसी एशिया ब्यांकले सर्वोच्च अदालतमा कानूनी चुनौतिको सामना गरिरहेको छ। रमेश कुमारको रिपोर्ट।
३. वीर गाथा, विरह गाथा
हताहथविदेशी भूमिमा नेपाली सिपाही मर्ने क्रम दुई सय वर्षभन्दा पहिले शुरू भएको हो। यो क्रम आजसम्म पनि जारी छ। आजसम्म पनि हामी गोरखाली वीर गाथा दोहोर्याइरहेका छौं। हामीले पढ्ने, हेर्ने, सुन्ने सामग्रीमा लडाईंको पीडाबारे पर्याप्त संवेदनशीलता पाइँदैन। फेरि, पहिले-पहिलेका लडाइँमा सिपाही मात्र मर्दैनथे, उनीहरूसँगै जाने परिवार र बालबच्चा पनि मर्दथे। यस लेखमा दुई शताब्दी अगाडिको नालापानी किल्लामा, झण्डै दुई शताब्दी अघिको अफगानिस्तानको युद्धमा र पहिलो विश्वयुद्धमा लडेका नेपाली सिपाहीका अनुभव समेटिएका छन्।हिमालमिडियाले निर्माण गरिरहेको र डिसहोम (सरोकार च्यानल, १३०) बाट हरेक हप्ता सोमबार राति ८:३० बजे प्रसार भइरहेको भिडियो म्यागाजिन 'सग्लो समाज' को पहिलो अंकमा २०७७ पुस १३ गते प्रसारित सामग्रीमा आधारित।
४. के फेरि लोडसेडिङ दोहोरिन लागेको हो त ?
चिसो चुलिएसँगै साँझ–बिहान दिनदिनै झ्याप–झ्याप बिजुली जान थालेकाे छ। यसले उपभोक्तालाई फेरि लोडसेडिङका अध्याँरा दिन फर्कने हुन् कि भन्ने संशयले त्रसित बनाउन थालेको छ। सामाजिक सञ्जालमा अकस्मात विद्युत कटौतिप्रति सरकार र नेपाल विद्युत प्राधिकरणको चर्को आलोचना पनि भइरहेको छ। एक सामग्री।
५. रिहा गर्ने आदेशपछि पनि चन्द समूहका नेतालाई पक्राउ गरे गृहसचिव र आईजीपीलाई कारबाही गर्ने सर्वोच्चको चेतावनी
विभिन्न अदालतले थुनामुक्त गर्न आदेश दिएपछि पनि प्रहरीले नेत्रविक्रम चन्द समूहका नेता कार्यकर्तालाई पक्राउ गरे गृहसचिव र प्रहरी महानिरीक्षक (आईजीपी) लाई कारबाही गर्ने सर्वोच्च अदालतले चतावनी दिएको छ। एक सामग्री।
६. चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ यसरी चल्दैछ ‘अप्रेसन महाहन्ट’, अहिलेसम्म १६ जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु चोरी–शिकार नियन्त्रणका लागि २५ मंसीरदेखि संचालित ‘अप्रेसन महाहन्ट’ का क्रममा अहिलेसम्म १६ जना पक्राउ परिसकेका छन्। सेनाले चलाएको यो अप्रेसनमा एक हजार सुरक्षाकर्मी खटाइएको छ। एक सामग्री।
७. पार्टी विभाजनपछि के होला तत्कालीन नेकपा एमालेको सम्पत्ति?
नेकपा विभाजित हुँदा पूर्वमाओवादी नभई पूर्वएमाले मात्र छुट्टिएको राजनीतिशास्त्रका जानकारहरु बताउँछन्। त्यहीकारण दुवै समूहका पूर्वएमाले नेताहरु चुनाव चिन्ह सूर्यको मात्र नभई तत्कालीन एमालेको सम्पूर्ण सम्पत्तिमा दाबी गरिरहेका छन्। एक सामग्री।
८. देश विजेताले मात्र होइन, पराजितले पनि बनाएका हुन् !
साहित्य एक व्यापक विधा हो, यसमा लेखकहरुलाई संरचनागतबाहेक अन्य बन्धनमा बाँध्न खोजिँदैन । यो जति पनि फैलिन सक्छ, जुनसुकै कुनामा गएर बस्न सक्छ। अर्कोतिर अर्थशास्त्र तथ्याङ्कहरुमा, स्थापित सिद्धान्तहरुमा वा गणित प्रयोग गरेर बनाइएका मोडेलहरुमा आधारित भएर सावधान भएर बोल्नुपर्ने क्षेत्र हो। (मंगलबार आइएमई नेपाल लिटरेचर फेस्टिभलका अवसरमा अर्थशास्त्रीविश्व पौडेलले दिएको विद्त्प्रवचन । उनले ‘साहित्यको अर्थ’ शीर्षकमा प्रवचन दिएका थिए।)
९. ‘एन्टी जेम्स बन्ड’
झूट र विरोधाभाषलाई लेखनको मूल विषयका जोन ल क्यारेले जीवनमा थोरै मात्रै अन्तर्वार्ता दिए। आजीवन साहित्यिक पुरस्कार लिन अस्वीकार गरे। उनी पुरस्कारबाट होइन पाठकबाट लेखकको गुणस्तर थाहा पाउनुपर्ने विचार राख्थे। सेवा भट्टराईको स्मृतिविशेष लेख।
१०. यो वर्ष रु. १ खर्ब ५७ अर्ब मूल्य बराबरको धान फल्यो, उत्पादकत्व अहिलेसम्मकै उच्च
प्रमुख कृषि बाली धान खेतीका बेला रसायनिक मल युरियाको चर्को अभाव भएपनि यो वर्ष धान उत्पादन बढेको तथ्यांक कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको छ। एक सामग्री।
११. नेकपा विभाजनको असर जिल्ला तहमा, पूर्वएमालेभित्र कहाँ को बलियो ?
औपचारिक रूपमा विभाजन हुन बाँकी नेकपाभित्र अहिलेको परिदृश्यलाई पूर्वएमालेको विभाजनका रूपमा हेरिएको छ। दुवै समूहमा छुट्टिएका नेताहरूको उपस्थिति हेर्दा त्यसलाई पुष्टि गर्छ। र, विभाजनसँगै पूर्वएमालेभित्र कुन प्रदेशमा कुन समूह बलियो भनेर आकलन समेत गर्न थालिएको छ। एक सामग्री।
१२. सुध्रिदै थियो अर्थतन्त्र, अचानक आइपुग्यो राजनीतिक अस्थिरता
मुलुकमा अप्रत्यासित रूपमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबाट सिर्जित अनिश्चयले अर्थतन्त्रमा सामुन्ने देखिएको अवसरलाई जोखिममा धकेलेको छ। रमेश कुमारको रिपोर्ट।
१३. नेकपा एकीकरणका ‘सूत्रधार’ मानिएका चिनियाँ नेता यचौ काठमाडौंमा !
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको संकटसँगै राजनीतिक अनिश्चय बढेका बेला चिनियाँ उच्च अधिकारीको टोली काठमाडौं आएर फर्केको छ। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच एकताका लागि ७ फागुन २०७४ मा सात बुँदे समझदारी हुने बित्तिकै यचौ नेपाल भ्रमणमा आएका थिए। एक सामग्री।
१४. महिलाले किन बनाउँछन् घरेलु रक्सी ?
केही समयअघि सामाजिक सञ्जालमा सांसद उषाकला राईले दिएको “घरेलु रक्सीलाई ‘ब्यान्ड’ हैन ‘ब्रान्ड’ गरेर स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नुपर्छ” भन्ने अभिव्यक्ति भाइरल भयो। तर, वास्तविकता उहाँको अभिव्यक्तिभन्दा भिन्न छ। मधु राईको ब्लग।