सेल्फ क्वारेन्टिनमा रहेका प्रधानसेनापतिको कोभिड-१९ रिपोर्ट नेगेटिभ
![सेल्फ क्वारेन्टिनमा रहेका प्रधानसेनापतिको कोभिड-१९ रिपोर्ट नेगेटिभ](https://www.himalkhabar.com/uploads/posts/1585196555Purna_Chandra_Thapa.jpg)
सहयोगीमा कोरोना संक्रमण देखिएपछि सेल्फ क्वारेन्टिनमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। प्रधानसेनापति थापा गएको आइतबारदेखि सेल्फ क्वारेन्टिनमा थिए।
सैनिक प्रवक्ता, सहायकरथी सन्तोष बल्लभ पौडेलले प्रधानसेनापतिको कोभिड-१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। प्रधानसेनापतिको शशिभवनस्थित निवासको भान्छामा कार्यरत एक सैनिकमा गएको शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो।