कला/साहित्य आइतबार, जेठ ३२, २०७७

आर्टमाण्डुले ल्यायो एकापेला गीत

हिमालखबर

आर्टमाण्डुले ल्यायो एकापेला गीत

आर्टमान्डुले ‘लकडाउन सङ’ युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ। पिँजडाको चरा’ शीर्षकको उक्त एकापेला गीतमा अंकितबाबु अधिकारी र सप्तक दुतराजले स्वर दिएका छन् । कुनै वाद्यवादन प्रयोग नगरी मुखबाटै विभिन्न धुन निकाल्ने संगीतको विधालाई एकापेला भनिन्छ।

हाम्रो पात्रोमा पोडकाष्ट सिरिज ‘कथाकार’ का प्रस्तुतकर्ता सन्तोष देवकोटाले गीत लेखेका हुन्। गीत पूर्वीय संगीतलाई पश्चिमी शैलीमा गाइएको उनले बताएका छन् । यो नेपालमै पहिलो मौलिक एकापेला भएको उनकाे दाबी छ । यसअघि ‘कभर सङ’ मा मात्र एकापेला बनाइएको उनले जानकारी दिए।

गीतमा प्रकृतिले विकासका नाममा मान्छेबाट भोगेको हेपाइलाई उल्लख गरिएको छ । बन्दाबन्दीमा मान्छेहरु घरभित्रै बस्दा चरा चुरुङ्गीले निस्फिक्री आकाश डुल्न भएकाले चिरबिर पनि सुन्न थालिएको छ । देवकोटा भन्छन्, “बन्दाबन्दीअघि मान्छेले मारिदिन्थे, फूल खाइदिने, फुटाएर नष्ट गर्ने गर्थे । अहिले निस्फिक्री बच्चा कोरल्न पाएका छन्। जनावर मान्छेविहीन सडकमा निस्फिक्री हिँड्न पाए । प्रकृतिले श्वास फेर्न पायो । यसैलाई विषय बनाएको हुँ।”

गीतलाई ‘पिँजडाको चरा’ शीर्षक दिइएको छ । तर, यो पिँजडामुक्त भएको चराको कथा भएको उनी बताउँछन्। कवितालाई संगीत दिएर गाइएको उनको भनाइ छ । यसका संगीतकार र एरेन्जर अंकितबाबु अधिकारी हुन्।



 

प्रतिकृया दिनुहोस