सागको छैटौं दिनः थप पाँच स्वर्ण, नेपालको कीर्तिमानी यात्रा कायमै
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिन नेपालले थप पाँच स्वर्ण जितेको छ ।
नेपालका लागि पौडीमा गौरिका सिंहले थप अर्को स्वर्ण जितेकी छन् । उनले ब्याकस्ट्रोक दुई सय मिटरमा भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । यसअघि गौरिकाले फ्रिस्टाइमा स्वर्ण जितेकी थिइन् ।
भारोत्तोलनमा विकास थापाले स्वर्ण जिते भने सञ्जु चौधरीले पनि स्वर्ण जितिन् । गल्फतर्फ सिंगल र टिममा सुवास तामाङले दोहोरो स्वर्ण जिते ।
यो सँगै नेपालको स्वर्ण संख्या ४१ पुगेको छ । ७४ स्वर्ण सहित अग्रता बनाइरहेको भारतलाई ४१ स्वर्ण बनाउँदै नेपालले पछ्याइरहेको छ । नेपालले २७ रजत र ४६ काँस्य गरी ११३ पदक जितेको छ भने भारतले ५३ रजत र २५ काँस्य गरी १५२ पदक जितेको छ ।
तेस्रो स्थानमा रहेको श्रीलंकाले २२ स्वर्ण, ३९ रजत र ६३ काँस्य जितेको छ । चौंथो स्थानमा रहेको पाकिस्तानले १८ स्वर्ण, २५ रजत र २८ काँस्य जितेको छ । बांग्लादेश ४ स्वर्ण, १६ रजत र ४९ काँस्य, माल्दिभ्सले १ स्वर्ण र २ काँस्य जितेको छ ।
अहिलेसम्म भुटानले स्वर्ण जित्न सकेको छैन । ६ काँस्य जित्दै भुटान अंक तालिकाको अन्तिममा रहेको छ ।
नेपालले भने २० वर्षपछि नयाँ कीर्तिमानी बनाइरहेकाे छ । सन् १९९९ काे आठाै सागमा नेपालले ३१ स्वर्ण जितेकाे थियाे । त्यसअघि र पछि पनि नेपालले दाेहाेराे अंकमा स्वर्ण जित्न सकेकाे थिएन ।