गौरिका सिंहले जितिन् अर्को स्वर्ण
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा गौरिका सिंहले थप अर्को स्वर्ण जितेकी छन् ।
गौरिकाले दुई सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी हुन् । उनले भारतीय खेलाडीलाई पछि पार्दै निर्धारित दुरी २ मिनेट १७.७७ सेकेण्डमा पूरा गरिन् ।
पौडीमा लगातार दुई स्वर्ण जितेर गौरिकाले नयाँ इतिहास बनाएकी छन् ।
गौरिकाले भारतलाई पछि पारेकी हुन् । गौरीकाले यसअघि २०० मिटर फ्रिस्टाइलमा पनि स्वर्ण जितेकी थिइन् । यो सँगै, नेपालको स्वर्ण संख्या ४१ पुगेको छ ।