गल्फमा नेपाललाई ऐतिहासिक दुई स्वर्ण
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) गल्फमा नेपालले ऐतिहासिक दुई स्वर्ण जितेको छ ।
गल्फर सुवास तामाङले सागमा ऐतिहासिक दोहोरो स्वर्ण दिलाएका हुन् । उनले व्यक्तिगत र टिम इभेन्टमा स्वर्ण जिते । १७ वर्षीय सुवासले बांग्लादेशका मोहमद फरहादलाई पराजित गर्दै स्वर्ण जितेका हुन् ।
सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङको टिमले पनि स्वर्ण जितेका छन् ।