सञ्जुले जितिन् भारोत्तोलनमा स्वर्ण,नेपालको स्वर्ण संख्या ३६
१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा नेपाललाई स्वर्णपदक प्राप्त भएको छ ।
महिलातर्फ ५९ किलो तौल समूहमा सञ्जु चौधरीले श्रीलंकाकी खेलाडीलाई पराजित गर्दै स्वर्णपदक जित्न सफल भएकी हुन्।
भारोत्तोलनमा स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या अब ३६ पुगेको छ ।