HimalKhabar.com :: A Complete Nepali Political News Portal
बुद्धपछिको कपिलवस्तु
बुद्धपछिको कपिलवस्तु बुद्धको जीवनकालमै पतन भएको भन्दै प्राचीन कपिलवस्तुको अध्ययनमा पूर्णविराम लगाइदिनु इतिहासप्रतिको उपेक्षा ठहर्छ।सिंजाका खस नरेश अशोक चल्लको समयमा खस साम्राज्य बोधगयासम्म पुगेको पुष्टि भएबाट लुम्बिनी र कपिलवस्तु पनि खस साम्राज्यका अधीनमा रहेको बुझिन्छ। सन् १३१२ मा अर्का खस राजा रिपु मल्लले लुम्बिनी र कपिलवस्तुको भ्रमण गरेको दुई वटा अभिलेखबाट पुष्टि भएको छ। खस साम्राज्यको विघटनपछि पनि यहाँ सुव्यवस्थित जनजीवन रहेको यस क्षेत्रबाट प्राप्त अन्य ऐतिहासिक तथा पुरातात्विक सामग्रीको अध्ययनबाट भन्न सकिन्छ।
वीरगंजलाई अवसर: भिस्वा स्तूप
वीरगंजलाई अवसर: भिस्वा स्तूप देशका अन्य शहरमा जस्तै आन्तरिक पर्यटकका लागि रुचिकर हुने अनेकौं स्थल रहेको वीरगंजमा रहेको भिस्वा स्तूपलाई अन्तर्राष्ट्रिय आकर्षणको रूपमा प्रवर्द्धन गर्न सकिन्छ। 
खादाको विरोध गर्ने कस्तो राष्ट्रवाद ?
खादाको विरोध गर्ने कस्तो राष्ट्रवाद ? बसन्त महर्जन खादाको प्रयोग सामान्यतः तिब्बती चलनजस्तो देखिए पनि यो मूल रुपमा नेपाली संस्कृति हो। नेपाली बौद्ध समुदायमा धार्मिक कार्य, शुभकार्य र अन्य शुभ–अवसरमा अतिथिलाई खादा लगाइदिने परम्परा छ।पहिले यसलाई 'खातागा' भनिन्थ्यो र कपडाकै हुने भएकोले अलि खस्रो र भद्दा पनि हुन्थ्यो। हाम्रो त्यही 'खातागा' तिब्बतमा पुगेर 'खादा' को रुपमा व्यापकता पाउने क्रममा 'सिल्की' हुन पुग्यो। त्यसरी तिब्बतीकरण हुँदा अष्टमंगलका प्रतीक र बौद्धमन्त्र 'ॐ मणि पद्मे हुँ' पनि छापिन थाले।आफ्नो सांस्कृतिक विरासत नै नबुझी 'राष्ट्रवादी' बन्ने सोच खादा बहिष्कारमा देखिएको छ।
बेढंगे पुनःनिर्माण
बेढंगे पुनःनिर्माण हनुमानढोका दरबारमा रोमन वास्तुकला थपिंदा केही भाग बाहिर पनि निकालिएको छ। मौलिक स्वरूपमा फर्कंदा बाहिर निस्केको त्यो भागलाई हटाए बाटो पनि सीधा र फराकिलो हुन्छ। पुनःनिर्माणको सन्दर्भमा यो एउटा उदाहरणीय काम पनि हुन्छ।बालगोपालेश्वरको मौलिक स्वरूप गुम्बज नभई शिखर शैलीको हो। सन् १८४५ को फेबु्रअरी ५ देखि मध्य मार्चसम्म नेपाल भ्रमण गरेका प्रुसिया (जर्मन साम्राज्य बन्नुभन्दा अघिल्लो अधिराज्य) का राजकुमार वाल्डेमरले ल्याएका कलाकारले उतारेको पेन्टिङमा बालगोपालेश्वर मन्दिर शिखर शैलीमा देखिन्छ।सम्पदाहरूको पुनःनिर्माणमा विशेष होशियारी नअपनाए इतिहास नै बाङ्गिन सक्छ भन्ने कुराको हेक्का राखेको देखिएन।
गाईजात्राबारे भ्रम
गाईजात्राबारे भ्रम -बसन्त महर्जन आधिकारिक भनिएका कतिपय प्रकाशनहरूमा कान्तिपुरका राजा प्रताप मल्लले छोराको देहान्त हुँदा शोकाकुल बनेकी रानीलाई 'तिम्रो छोरा मात्र मरेको होइन, कति धेरै मान्छे मरेका छन्' भनेर बुझाउन गाईजात्रा पर्व शुरु गरेको उल्लेख पाइन्छ। तर, तत्कालीन इतिहास अध्ययन गर्दा त्यसरी जात्रा–पर्व चलाउन सक्ने राजाको हैसियत देखिन्न।वास्तवमा, हास्यव्यङ्ग्य गाईजात्रा नभई रोपाइँजात्रा नामको छुट्टै सांस्कृतिक पर्वसँग सम्बन्धित छ। गाईजात्रा वा त्यस अघि–पछि जहिले परे पनि रोपाइँजात्रामा हास्यव्यङ्ग्यको प्रचुर प्रयोग हुन्छ। यो जात्रामा रमाइलोका लागि पुरुषहरू महिलाको भेषभुषामा देखिन्छन्।
अध्ययनअघि नै निष्कर्ष!
अध्ययनअघि नै निष्कर्ष! सुर्खेतको लाटीकोइली डाँडास्थित सम्पदा काँक्रेबिहारलाई जानेर वा नजानेर धार्मिकस्थलहरूलाई कसरी विवादास्पद बनाइन्छन् र सामाजिक जीवनमा समस्याको बीउ रोपिन्छन् भन्ने उदाहरण बनाइएको छ।महायानी बौद्ध सम्प्रदायमा महादेव, गणेश लगायतका देवतालाई बौद्ध चरित्रकै रूपमा लिइएको हुन्छ। यस पाटोलाई नजरअन्दाज गरेर हिन्दू देवताका मूर्ति पाइएको आधारमा मन्दिर भन्न सकिने भनी  प्रचारप्रसारमा लगिदिंदा काँक्रेबिहारमा हिन्दू धर्मावलम्बीहरूको ध्यान आकर्षित भयो। त्यसपछि बौद्ध र हिन्दू दुई धार्मिक समूहबीच विवाद र एकप्रकारको वैमनस्यताले स्थान पाउन थाल्यो ।लाटीकोइलीस्थित यस डाँडामा काँक्रेबिहार एउटा मात्र संरचना हुनु तर्कसंगत छैन। तर, पुरातत्व विभागले यहाँ जति देखियो, त्यतिमै चित्त बुझाएर थप अध्ययन आवश्यक ठानेन।
मायादेवी मन्दिरको रेप्लिका जरुरी
मायादेवी मन्दिरको रेप्लिका जरुरी -बसन्त महर्जनपुरातात्विक सम्पदाको असरल्ल प्रदर्शनी भएको मायादेवी मन्दिरको रेप्लिका बनाउनु आवश्यक छ।पुरातात्विक महत्वका चित्रकलादेखि ढुंगा–माटोसम्मलाई फोटो खिच्दासमेत फ्ल्यासले असर गर्न सक्छ भनेर निषेध गरिएको हुन्छ, मायादेवी मन्दिरभित्र पनि फोटो खिच्न दिइँदैन। तर, त्यही संरचनामाथि दौडादौड गरिरहेको दृश्यले प्रश्न उठायो– हामी पुरातत्वबारे के बुझेर, के नियम बनाएर लागू गरिरहेका छौं?श्रद्धा र धर्मचित्तले लुम्बिनी पुग्ने बौद्धहरू कुनै तामझाम वा कृत्रिम निर्माण हेर्न लालायित हुँदैनन्। उनीहरू त प्राकृतिक र सहज वातावरणको अपेक्षा राख्छन्। तर, जसै उनीहरू मायादेवी मन्दिर प्रवेश गर्छन्, उत्खनन्पछिको असरल्ल र अर्थ नखुलेका संरचनाहरूको भयावहपूर्ण दृश्य हेर्न बाध्य हुन्छन्।