लुम्बिनीमा असुहाउँदो प्रवेश शुल्क प्रायः धार्मिक स्थलमा प्रवेश शुल्क लगाइँदैन। पशुपतिनाथ, चाँगुनारायण, बौद्ध, स्वयम्भू आदि विश्व सम्पदा स्थलमा मात्रै नभई देशभरका अन्य साना-ठूला धार्मिक स्थलहरूमा निर्वाध रूपमा प्रवेश दिइन्छ। तर, गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भने गएको १ भदौबाट प्रवेश शुल्क उठाउन थालिएको छ।
‘टुरिज्म’ र ‘बुद्धिज्म’ बौद्ध धर्मदर्शनलाई पर्यटन र पैसाभन्दा माथि राखेर नहेर्दा बन्ने नकारात्मक छविले देशकै बदनामी भइरहेको छ ।