कला/साहित्य मंगलबार, मंसिर १०, २०७६

वरिष्ठ पत्रकार तथा साहित्यकार विनय कसजूकाे निधन

हिमालखबर

वरिष्ठ पत्रकार तथा साहित्यकार विनय कसजूको ६९ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।

कसजुको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी निमोनिया, मधुमेहलगायत रोगबाट पीडित थिए ।

विसं २००४ पाल्पा, तानसेनमा जन्मिएका कसजु नेपाल प्रेस काउन्सिल, राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष, राससका लागि पूर्वसञ्चालक समिति सदस्य समेत रहेका थिए ।

उनले बालसाहित्यमा दर्जनौं किताब लेखेका छन् ।

प्रतिकृया दिनुहोस