कला/साहित्यमंगलबार, २१ आश्विन , २०७६

घोडा (कथाः विमला तुम्खेवा)

हिमालखबर

  - विमला तुम्खेवा

“घरमा लोग्नेमान्छे छ भन्नु मात्रै आडभरोसा केही छैन, आएदेखि बजारको बजार”, रिकुटेनीको चर्को स्वर घर बाहिरै निस्कियो । भगवतीप्रसाद टुप्लुक्क देखा परे, “हि र केजक र वा अयक्मै ? रिकुटे हो र पेगा ?”

‘दाजु सेवारो, जैले–तैले गाउँघर मात्र डुलिरहन्छ, के खोजेको हो हो तिम्रो भाइले मैले बुझिनँ !’ रिकुटेनीले जेठाजुसँग गुनासो पोख्न थालिन् ।

टेक्दै आएको घँगारुको लट्ठी भित्तामा ठड्याउँदै सिकुवामा ओछ्याएको राडीमा थचक्क बसे भगवतीप्रसाद ।

“आज प्याङ्सीखेत जोत्नुपर्ने । बिहानदेखिकै छैन । झ्न् जोत्नु छ भनेर गोरुलाई घाँस खुवाएर टन्न छ । न खेताला खोज्नु, न बेलैमा आउँछ । के गर्नु र दाजु, तिम्रो भाइसँग दिक्कै भैसकें ।”

भगवतीप्रसाद सुर्ती सल्काउन थाले । हिउँद शुरू हुँदै गर्दा खुलेको मौसम । पारि म्याङ्लुङ बजार पनि छर्लङ्ग देखिएको छ ।

सुर्ती तानिसकेर ठुटो भुईंमा किचिमिची पार्दै भगवतीप्रसाद बोले, “सेख्खा पान चाही, खड्केले घोडा साट्ने भनेर आएको हो अयक्मै ।”

“म दुःख गर्ने तिम्रो भाइ चाहिं घोडा साट्ने ? आओस् मात्रै जानेको छ मैले !” भगवतीप्रसाद केही नबोली भुईंमा निभ्नै लागेको अघिको सुर्तीको ठुटाबाट निस्कँदै गरेको धुवाँलाई चुपचाप हेरिरहे । 

रिकुटेनी बोलिन् “अलिकति जाँड खाएर जाने ?”

“बनाउ न त अयक्मै ।”

“अनि किन चाहिं साट्ने रे ?”

“अलिक तह लगाउन गाह्रो छ भन्दै थियो रिकुटेले ।”

“पहिला अलिक साह्रै थियो । अब त बानी भयो । हातमा आउँछ । तिम्रो भाइले साट्न खोजे पनि म साट्न दिन्नँ । बल्ल त अलिक फेरिंदै आएको छ।”

“बुहारीकै तजबिज”, यति भनेर डबका उठाए भगवतीप्रसादले ।

अँगेनामाथि कन्तीमा दूध उम्लिरहेछ । घरमा भर्खरै उज्याली गाईले बाच्छो पाएको छ । भैंसी, एक हल गोरु, बीस पच्चीस ओटा बाख्रा, भालु घोडा, कुखुरा, परेवा, खोरमा पनि ब्याउनै लागेको सुँगुर, वेदनिधि खयालबारी, बिस्तारी खेत सबै एक्लैले भ्याउनुपर्छ । बिहान झ्सिमिसेबाट राति बाह्र नबजी रिकुटेनीलाई सुतेको थाहै छैन ।

रिकुटे आएपछि भए भरको सबै बजार भ्याउँदा नभ्याउँदै फेरि जाने दिन आउँछ । ऊ आएपछि घरमा आउने जाने त्यतिकै । रिकुटेनीलाई लोग्ने कहिले आउँछ भन्दा पनि कहिले जान्छ र हाइसञ्चो जस्तो ।

यो पल्ट पनि घरमा ठूली आमाजूले ल्याएको खसी आँगनमा बाँधिराखेको छ । बिरानो ठाउँमा आइपुगेर होला खसी पनि विरक्त लाग्दो गरी कराएको कराएकै छ ।

रिकुटेनी बोलिन् “हन बिहानदेखि बा यो खसी कराएर कानै पाकिसक्यो ।”

भगवतीप्रसाद बोले “खसी गतिलो रहेछ ।”

रिकुटेनी ठूलीले जाँड छानिन् ।

“एकपल्ट थप त अयक्मै !”

“जाँड यसपल्ट के भो भो, कस्तो छ दाजु ?”

“अलिक अमिलो छ, तर मीठै छ तिर्खा मेट्नु त हो ।”

रिकुटे आएपछि भए भरको सबै बजार भ्याउँदा नभ्याउँदै फेरि जाने दिन आउँछ । ऊ आएपछि घरमा आउने जाने त्यतिकै । रिकुटेनीलाई लोग्ने कहिले आउँछ भन्दा पनि कहिले जान्छ र हाइसञ्चो जस्तो ।

“यो पालि सबै जाँड यस्तै भएको छ कोही लाटो, कोही अमिलो स्वाँट । अस्ति पारेको रक्सी तिम्रो भाइले खाएर सक्नु आँटो । अलिकता छ कि, रक्सी खान्छौ त कोदोको ?” “ल्याउ न त ।” एक गिलास स्वाट्ट पारेपछि भगवतीप्रसाद ‘लु अयक्मै आ तेगाङ लो शुक्रवारे बजार’ भन्दै उठे ।

••

पारिलो घाममा चिसो हावा चलिरहेको छ । कस्सिएर आएको हावाले आँगनमा उभिरहेको सुन्तला र भोगटेको रूखलाई घरी–घरी हल्लाएर जान्थ्यो । त्यति नै बेला आँगनमा चल्लासँगै चरिरहेको कुखुराको माउले पखेटा फट्फटाएर क कक क कक गर्दै सिउर तनन्क तन्काउँथ्यो ।

रिकुटेनी ठूली बिहे गरेर भित्रिंदा हाँस्दा गालामा पर्ने खोपिल्टो हेरेर सबैले लच्छिनकी भनिदिएका थिए । रिकुटेले पनि दिदी छोडी छोडी छ कोरी सुनैली तिरेर, तीन दिन तीन रातसम्म बाजा बजाएर बिहे गरी ल्याएको हो ।

पहिलोपल्ट भित्रिएर आउँदा उनलाई आफ्नो बिहे भएको हो कि बेहुली खेलेको पत्तै भएन । बिहेको अन्तिम दिन लोकन्तीसँगै फर्किन खोज्दा कुनै महिलाले हात समाएर रोक्दै ‘अब तिमी यो घरको अयक्मा हौ’ भनेकी थिइन् । ती आमाजू थिइन् । नत्र त उनलाई सिमेनी कान्छी भनेर चिनिन्थ्यो माइती गाउँ फाक्चामारामा ।

रिकुटेनी वस्तुलाई घाँस काट्न बारीतिर लागिन् । रिकुटेनीले दुःख गरेर कमाएको गहना बेचेको पैसाले वेदनिधि ढकालको घरबारी किनेपछि यसको नामै वेदनिधि खयालबारी भएको हो । अहिले बारीभरी टाँकीको रूखमा झयाप्पै घाँस छ ।

रिकुटेनीको कम्मरमा खुर्पा छ । उनले टाँकीको घाँस झरिन् । कसेर घाँसको भारी बाँधेपछि हाक्पारे सुसेल्दै उकालो लागिन् ।

आँगनमा घाँस राखेकी मात्र थिइन्, वस्तुहरू ड्वाँ–ड्वाँ कराउन थाले । रिकुटेले तरुनी ओसार्ने भालु घोडासँग अलिक रिस उठ्छ । कतिपल्ट त शुक्रवारे बजारबाट सोल्टिनीहरूसँग धान नाच्दानाच्दै मध्यराति त्यसरी ल्याएका सोल्टिनीलाई रिकुटेनीले दिल खोलेर मेजमान गरेकी छिन् । रिकुटेसँग रिस उठे भालुघोडालाई दाम्लै दाम्लोले पिट्थिन् । रिकुटेसँग उठेको रिस भालुघोडा माथि पोख्नैपर्ने जस्तो ।

कतिपल्ट त घोडाले पनि जोर लात्ती चलाएकै हो । हरेकपल्ट उनी कसो–कसो बचिन् । झ्मक्क साँझ परेपछि रिकुटे दैलोमा देखा परे ।

रिकुटेनी फतफताउन थालिन् । रिकुटे केही बोलेनन् ।

अँगेना छेउमा बसेर रिकुटेनी फाक्सा पकाउँदै थिइन् ।

रिकुटे छेउमा आएर बसे “होइन नरिसा न सावाँमा ।” माया गरेर बोलाउँदा रिकुटे बूढीलाई सावाँमा भनेर बोलाउँथ्यो ।

तर, रिकुटेनी केही बोलिनन् ।

छेउमा रक्सी र फाक्साको भुटुवा राखिदिंदै फत्फताइन्, “हन तिम्रो जाने दिन चाहिं कहिले हो ?” “भोलि, सुर्ता लाग्यो ?” पुलुक्क हेर्दै सोध्यो ।

“छिटो मुन्ट मलाई हाइसञ्चो हुन्छ ।”

“के भन्छ यो !” मुसुमुसु हाँस्यो रिकुटे ।

“अझै खान्छौ भुटुवा ?”

“लगा न ।” रिकुटेनीले सुँगुरको मासु थपिदिइन् ।

“आमालाई बोलाइनस् ?” आमालाई नदेख्दा रिकुटेले सोध्यो । मीठो–मसिनो खाँदा सासू हाङ्मतीलाई जहिल्यै बोलाउँथिन् रिकुटेनी ।

“अहँ राखिदिन्छु”, रिकुटेनीले विस्तारै भनिन् ।

रिकुटेले तरुनी ओसार्ने भालु घोडासँग अलिक रिस उठ्छ । कतिपल्ट त शुक्रवारे बजारबाट सोल्टिनीहरूसँग धान नाच्दानाच्दै मध्यराति त्यसरी ल्याएका सोल्टिनीलाई रिकुटेनीले दिल खोलेर मेजमान गरेकी छिन् । रिकुटेसँग रिस उठे भालुघोडालाई दाम्लै दाम्लोले पिट्थिन् । रिकुटेसँग उठेको रिस भालुघोडा माथि पोख्नैपर्ने जस्तो ।

यो घरमा सरेको चार वर्ष मात्र त हुँदैछ । पहिला उनी मूलघरमै सासूससुरासँगै बस्थिन् । रिकुटे गएपछि साथी नै सासू । अरूले देख्दा नि आरिसै लाग्ने गरी सासूबुहारी मिल्छन् । रातरातभर रक्सी पार्दै खाँदै बस्छन् । खै के गफ गर्छन् कुन्नि ! त्यस्तो रात त कति छर्लङ्गै पारेका छन् भनेर साध्य छैन । अब अहिले रिकुटे गएपछि यति ठूलो तीनतले घरमा रिकुटेनी एक्लै बस्ने हो । बिहे भएको १० वर्षसम्म पनि सन्तान छैनन् ।

मलायाको लाहुरे, सर्लक्क परेको अग्लो काँध, सधैं सफा र सेतो कुर्ता–पाइजामाको पहिरन, छालाको जुत्ता, आँखामा कालो चश्मा, ठूलो निधारमा दाहिनेपट्टि सर्लक्क फर्काएर कोरेको ‘आर्मीकट’ कपाल र फरर्र अंग्रेजी बोल्दा लामकटेरी गाउँभरि नै रिकुटेको रवाफ बेग्लै ।

रिकुटे राजनीतिमा चासो राख्थ्यो । कहिलेकाहीं गफ हुँदा राणा खेदाउ आन्दोलनदेखिको भारतलाई ब्रिटिशहरूले कसरी उपनिवेश बनाएर राखेका छन् र भारतीय जनता कसरी त्यसको विरुद्धमा छन् भन्नेसम्मको कुरा गर्न सक्थ्यो । खासमा उनी परिवर्तन चाहने लाहुरे थिए । बोहीमा भर्ती भएका खड्गबहादुर ब्रुनाईमै म्याक्ट्रिक पास गरेर दोस्रोपल्ट छुट्टीमा घर आउँदा उनको बिहे भएको हो रिकुटेनीसँग ।

यिनको बिहेको संजोग पनि अचम्मकै छ । लाहुरे भनेपछि मरिहत्ते गर्ने र छोरी दिने कति हो कति । घरमा बिहे गरिदिने कुरा चले पनि टार्दै थिए । ब्रुनाईमा गोरेनीसँग मायापिरती बसेको लुकाएरै राखेका थिए ।

आउने बेलामा गोरेनी रोएर झ्रेको आँसुले खड्गबहादुरको भिजेको छाती चिसै थियो । तर घर आएपछि बाउआमाको रहरले रिकुटेनीसँग बिहे भयो । पछि यो कुरा बूढीलाई पनि भनेको थियो । यो दशकअघिको घटना हो । रिकुटेको संसार अब त रिकुटेनीले नै थामीदिएकी छ ।

कहिलेकाहीं रिकुटेनीलाई झेंक चल्दा पुराना कुरा निकाल्छिन् । आज त रिसको पारो माथि नै पुगेको छ ।

‘पल्टनमा तिम्रो जस्तोसुकै सुन्दरी लिलीसँग लभ परे पनि आखिरमा यो जुनीमा मै जस्तो बेलीसँग फेला परिहाल्यौ । बेहोरा चाहिं अलिक ठिक राख है । आएदेखिको एकदिन घर बस्नु छैन, कुदेको कुदेकै छ । अति त गर्नु अतिचार चाहिं नगर्नु हन के भा’को ?”

“नकरा न सावाँमा हामी आर्मीको जीवन पल्टन फर्केपछि हरेक दिन राइफलको धारमा बाँच्नुपर्छ । अब तीन वर्ष फेरि यै सम्झनाले त हो नि बाँच्ने ।”

अनि त रिकुटेनी भावुक भइन् ।

“अझै खान्छौं ?”

“थप न बोसो बोसो ।”

एकछिन पूरै शून्यता छायो । अँगेनामा बलिरहेको बाँसको दाउरा पड्किएर आगो उफ्रिंदा मात्र शून्यता भत्कियो ।

“कुम्मा काथिक्पा आत्था ।” रिकुटेनी जुरुक्क उठिन् ।

रिकुटे हाँस्दै बोले “जाँड पनि अलिक छान् ।”

उनी चुपचाप जाँड छान्न थालिन् । जाँड छान्दा रिकुटेनीको हातमा लगाएको आराकाटे चाँदीको चुरा छपनीमा ठोक्किएर बज्यो ।

रिकुटेनी सुर्ती बेर्न थालिन् खोस्टामा । रिकुटे गएपछि रिकुटेनीको साथी पनि यही सुर्ती त हो नि ! खड्गबहादुरले सुस्तरी बूढीलाई भन्यो– “अब पप्पीलाई पनि साथी चाहिने भो ।” अँगेनाछेउमा गुँडुल्किरहेको कुकुरतिर हेर्दै बोल्यो रिकुटे ।

रात छिप्पिसकेको छ । घरमाथिको जङ्गलबारीमा स्याल कराउन थालिसकेका छन् । एकोहोरो कराएका झ्याउँकिरीले वातावरणलाई निस्तब्ध बनाएको छ । सुन्तलाका रूखको पातहरूलाई छिचोल्दै छिचोल्दै आँगनमा झ्रेको प्रकाश मनमोहक, ठ्याक्कै रिकुटे र रिकुटेनीको प्रेम जस्तै ।

“हिंड है सुत्न ।”

रिकुटेनी सुर्ती बेर्न थालिन् खोस्टामा । रिकुटे गएपछि रिकुटेनीको साथी पनि यही सुर्ती त हो नि ! खड्गबहादुरले सुस्तरी बूढीलाई भन्यो– “अब पप्पीलाई पनि साथी चाहिने भो ।” अँगेनाछेउमा गुँडुल्किरहेको कुकुरतिर हेर्दै बोल्यो रिकुटे ।

“मान्छे र पशु दुवै सास भएको जात, उनीहरूको त मौसम हुन्छ, मान्छे पो...” वाक्य अधुरै रह्यो ।

भोलिपल्ट रिकुटेनीलाई निद्राले छोड्दा घाम माथि आइसकेको थियो । गोठमा वस्तुहरू ड्वाँ ड्वाँ कराइरहेका थिए ।

वस्तुलाई घाँस दिन जाँदा रिकुटेनीले घोडालाई निकैबेरसम्म सुम्सुम्याइरहिन् । रिकुटेको माया अल्झेको घोडा ।

रिकुटेनीले हातखुट्टा धोइन् । कपाल कोरिन् । रेजी लगाएर सिरानीमा राखेको ऐना हेरेर पटुकीमा लुकाइन् । “यतिन्जेलमा शायद रिकुटे तेलिया खोला तरेर सिंधुवा पुग्नुअघिको तेर्सो बाटो हिंड्दै होला”, मनमनै सोचिन् । अनि एकछिन रित्तो भइन् ।

“मरिजाने चोलामा एक्लै आएको एक्लै जान त रहेछ, माया–प्रीति पनि लोके–कृति न हो ।” रिकुटेनी ठूलीले यति सोचिसक्दा आँशुले गुन्यु भिजाइसकेको थियो

प्रतिकृया दिनुहोस