चार वर्षदेखि सत्तलमै छन् सेतो मच्छिन्द्रनाथ
![चार वर्षदेखि सत्तलमै छन् सेतो मच्छिन्द्रनाथ](https://www.himalkhabar.com/uploads/posts/800X600/seto-machchendranath-(1)-1713960611.jpeg)
आठ वर्षअघि भूकम्पमा भत्किएको मन्दिर पुनर्निर्माण नहुँदा सेतो मच्छिन्द्रनाथलाई सत्तलमै राखिएको छ।
२०७२ वैशाख १२ गएको भूकम्पका कारण काठमाडौंका भित्री बस्तीमा धेरै कच्ची तथा पक्की घर भत्किएका थिए। ती ठाउँमा अहिले सिमेन्टका नयाँ भवन ठडिएका छन्। नौ वर्षमा काठमाडौंको ‘कोर एरिया’ को स्वरूप पनि फेरिइसकेको छ।
![seto machchendranath (10).jpg](https://www.himalkhabar.com/uploads/editor/Disaster/seto machchindranath/seto machchendranath (10).jpg)
तर इन्द्रचोकबाट उत्तरमा पर्ने जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको अझै पुनर्निर्माण हुन सकेको छैन। “सबैका घर बने, तर देवताको घर अझै बनेन,” मन्दिरका पुजारी नीलकाजी शाक्य भन्छन्, “भूकम्पमा भत्किएको मन्दिरको पुनर्निर्माण पूरा नहुँदा चार वर्षदेखि देवतालाई सत्तलमै राख्नुपरेको छ।”
![seto machchendranath (6).jpg](https://www.himalkhabar.com/uploads/editor/Disaster/seto machchindranath/seto machchendranath (6).jpg)
सहकालका देवता सेतो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माणको ठेक्का प्राकृतिक-सानु सुवाल-पवन जेभीले पाएको थियो। २०७७ फागुन १७ गतेदेखि शुरू भएको पुनर्निर्माणको काम २०७९ फागुनसम्म पूरा गर्नुपर्ने सम्झौता भएको थियो।
![seto machchendranath (4).jpg](https://www.himalkhabar.com/uploads/editor/Disaster/seto machchindranath/seto machchendranath (4).jpg)
काठमाडौं महानगरपालिका-२५ स्थित ऐतिहासिक मन्दिरको पुनर्निर्माणमा ठेकेदारले सम्झौता अनुसार काम नगरेपछि विवाद भएको हो। ठेकेदारले परम्परागत स्वरूप र ढाँचामा पुनर्निर्माणको काम अघि नबढाएपछि स्थानीय बासिन्दाले विरोध जनाएका थिए। पुनर्निर्माणको नियमन गर्ने निकाय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले संस्कृतिविद्, स्थानीय बासिन्दा र ठेकेदारबीच सहजीकरण गरी गत चैत २२ गते अन्तिम पटकलाई ६ महीनाको म्याद थपिदिएको छ।
![seto machchendranath (5).jpg](https://www.himalkhabar.com/uploads/editor/Disaster/seto machchindranath/seto machchendranath (5).jpg)
भूकम्पमा भत्किएको मन्दिरको पुनर्निर्माण नहुन्जेल देवतालाई मच्छिन्द्र बहालको दक्षिणपट्टि रहेको सत्तलमा राखिएको थियो। अहिले भूकम्प स्मृतिका कार्यक्रमहरू भइरहँदा मच्छिन्द्रबहालको सेतो मच्छिन्द्रनाथको मन्दिरले भने हाम्रो लोसे निर्माण प्रक्रियालाई गिज्याइरहेको छ।
![seto machchendranath (7).jpg](https://www.himalkhabar.com/uploads/editor/Disaster/seto machchindranath/seto machchendranath (7).jpg)
![seto machchendranath (8).jpg](https://www.himalkhabar.com/uploads/editor/Disaster/seto machchindranath/seto machchendranath (8).jpg)
![seto machchendranath (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Disaster/seto machchindranath/seto machchendranath (1).jpg)
![seto machchendranath (3).jpg](https://www.himalkhabar.com/uploads/editor/Disaster/seto machchindranath/seto machchendranath (3).jpg)
![seto machchendranath (2).jpg](https://www.himalkhabar.com/uploads/editor/Disaster/seto machchindranath/seto machchendranath (2).jpg)
![mandir.jpg](https://www.himalkhabar.com/uploads/editor/Disaster/seto machchindranath/mandir.jpg)