काठमाडौंका पेट्रोल पम्पमा गाडीको ताँती (तस्वीरहरू)
पेट्रोलियम पदार्थको अभाव भएसँगै काठमाडौंका पेट्रोल पम्पमा सवारीसाधनको ताँती लागेको छ।
ट्यांकर चालकहरू दुई दिनदेखि आन्दोलनमा छन्। उनीहरूले ट्यांकर चालक र सहचालकलाई श्रम ऐन अनुसार नियुक्तिपत्र दिनुपर्ने, सरकारले तोकेको तलब हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा आबद्धताको व्यवस्था गरिनुपर्ने लगायत माग राखेका छन्।
असार १ मा कालोपट्टी बाँधेर विरोध जनाएका उनीहरूले असार २ मा ट्यांकरमा कालो झन्डा राखेका थिए। उनीहरूले सबै काम बन्द गरेर सवारीधनीलाई ट्यांकरको साँचो हस्तान्तरण गरेका छन्।
![tanker.jpg](https://www.himalkhabar.com/uploads/editor/transportation/bhadrakali/tanker.jpg)
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले आन्दोलनरत ट्यांकर चालकसँग वार्ताको पहल भइरहेको जनाएका छन्। आइतबार भएको वार्तामा सहमति जुट्न नसकेको र सोमबार फेरि वार्ता गरेर सहमतिको प्रयास गरिने ठाकुरको भनाइ छ।
तीन दिनदेखि पेट्रोल ढुवानी नभएपछि काठमाडौं लगायत प्रमुख शहरमा इन्धन अभाव भएको हो। जसले गर्दा काठमाडौंका अधिकांश पेट्रोल पम्प बन्द छन्। भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा बिहानैदेखि सवारीसाधनको लामो ताँती लागेको छ।
![bhadrakali (1).jpg](https://www.himalkhabar.com/uploads/editor/transportation/bhadrakali/bhadrakali (1).jpg)
![bhadrakali (10).jpg](https://www.himalkhabar.com/uploads/editor/transportation/bhadrakali/bhadrakali (10).jpg)
![bhadrakali (2).jpg](https://www.himalkhabar.com/uploads/editor/transportation/bhadrakali/bhadrakali (2).jpg)
![bhadrakali (3).jpg](https://www.himalkhabar.com/uploads/editor/transportation/bhadrakali/bhadrakali (3).jpg)
![bhadrakali (4).jpg](https://www.himalkhabar.com/uploads/editor/transportation/bhadrakali/bhadrakali (4).jpg)
![bhadrakali (7).jpg](https://www.himalkhabar.com/uploads/editor/transportation/bhadrakali/bhadrakali (7).jpg)
![bhadrakali (8).jpg](https://www.himalkhabar.com/uploads/editor/transportation/bhadrakali/bhadrakali (8).jpg)
![bhadrakali (9).jpg](https://www.himalkhabar.com/uploads/editor/transportation/bhadrakali/bhadrakali (9).jpg)
![bhadrakali (11).jpg](https://www.himalkhabar.com/uploads/editor/transportation/bhadrakali/bhadrakali (11).jpg)