शुरू भयो एसईई
![शुरू भयो एसईई](https://www.himalkhabar.com/uploads/posts/800X600/434402158_299980643116548_7555800820927377572_n-1711596794.jpg)
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरू भएको छ।
परीक्षा बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ। पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ। यस वर्ष सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका १५ जना गरी कुल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी भएका छन्। यीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिकतर्फका छन्।
![434204748_1452262472364114_1719274133028067778_n.jpg](https://www.himalkhabar.com/uploads/editor/Education/SEE 2080/434204748_1452262472364114_1719274133028067778_n.jpg)
परीक्षाका लागि दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ। यस वर्ष जापानबाट पनि २३ जना परीक्षार्थी सहभागी हुँदै छन्। जापानमा रहेको एभरेस्ट स्कूलको परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र सहभागी हुँदै छन्।
![434196314_379575388313919_1152253101702654328_n.jpg](https://www.himalkhabar.com/uploads/editor/Education/SEE 2080/434196314_379575388313919_1152253101702654328_n.jpg)
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ जारी गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन। यस वर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको छ।
![434311025_731874199093019_9192207274595530786_n.jpg](https://www.himalkhabar.com/uploads/editor/Education/SEE 2080/434311025_731874199093019_9192207274595530786_n.jpg)
विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा बोर्डले यस वर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसईई परीक्षामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनै पर्ने भएको छ।
![434218826_781654297259332_4486181198947729686_n.jpg](https://www.himalkhabar.com/uploads/editor/Education/SEE 2080/434218826_781654297259332_4486181198947729686_n.jpg)