सात दशक पहिलेको नेपालका तस्वीर प्रदर्शनीमा
![सात दशक पहिलेको नेपालका तस्वीर प्रदर्शनीमा](https://www.himalkhabar.com/uploads/posts/800X600/TonyHegan-1709039242.jpg)
टोनी हागनले सात दशकअघि खिचेका पश्चिम नेपालका तस्वीरहरू आजदेखि (फागुन १५) प्रदर्शनीमा राखिएका छन्।
सात दशकअघिको नेपालको पश्चिमी भेग कस्तो थियो होला? घर कस्ता थिए होलान्? मानिसहरूको वेशभूषा, रूपरङ कस्तो थियो होला? जान्न चाहनुहुन्छ भने पाटनढोका जानुभए हुन्छ।
स्वीस नागरिक टोनी हागनले सात दशकअघि खिचेका पश्चिम नेपालका तस्वीरहरू आज (फागुन १५)देखि प्रदर्शनीमा राखिएका छन्। नेपाल सम्पदा समाजले यलमाया केन्द्र र पाटन संग्रहालयसँगको समन्वयमा आयोजना गरेको प्रदर्शनीको आज एक कार्यक्रमबीच उद्घाटन भयो। उद्घाटन कार्यक्रममा टोनी हागनकी छोरी काट्रिन हागन, सम्पदा समाजकी उपाध्यक्ष प्रतिमा पाण्डे, पत्रकार कनकमणि दीक्षित लगायतले मन्तव्य राखेका थिए।
![_Y0A5302.jpg](https://www.himalkhabar.com/uploads/editor/Art/Tony Hegan/_Y0A5302.jpg)
तस्वीरहरूको प्रदर्शनी फागुन १९ सम्म पाटनढोकास्थित यलमाया केन्द्रमा र त्यसपछि फागुन २१ देखि ३० सम्म पाटन म्यूजियममा जारी रहने आयोजक संस्थाले बताएको छ।
![_Y0A5418.jpg](https://www.himalkhabar.com/uploads/editor/Art/Tony Hegan/_Y0A5418.jpg)
तत्कालीन प्रधानमन्त्री मोहनशमशेरको निम्तोमा सन् १९५० मा पहिलो पटक नेपाल आएका स्वीस भूगर्भविद् टोनी हागनले पैदलै नेपालको पूर्वदेखि पश्चिमसम्मको यात्रा गरे। नेपाली भूगोल र यहाँका मानिसबारे लेखेर पहिलो पटक विश्वसामु नेपाललाई चिनाए।
![_Y0A5435.jpg](https://www.himalkhabar.com/uploads/editor/Art/Tony Hegan/_Y0A5435.jpg)
![_Y0A5414.jpg](https://www.himalkhabar.com/uploads/editor/Art/Tony Hegan/_Y0A5414.jpg)
![_Y0A5428.jpg](https://www.himalkhabar.com/uploads/editor/Art/Tony Hegan/_Y0A5428.jpg)
उनले अंग्रेजीमा लेखेका पुस्तक नेपालः द किंगडम अफ द हिमालयज, बिल्डिङ ब्रिजेज टु द थर्ड वर्ल्ड, डिसेन्ट्रलाइजेशन एन्ड डेभलपमेन्ट नेपालीमा अनुवाद भई क्रमशः ‘नेपालको चिनारी’, ‘नेपालमा मेरो खोजयात्रा’ र ‘विकेन्द्रीकरण र विकास’ शीर्षकमा प्रकाशित छन्।
![_Y0A5426.jpg](https://www.himalkhabar.com/uploads/editor/Art/Tony Hegan/_Y0A5426.jpg)
नेपालमा करीब १४ हजार किलोमिटर यात्रा गर्दा उनले प्रशस्त तस्वीर पनि खिचेका थिए। उनको संग्रहबाट हागनपुत्री काट्रिन हागनले चुनेका तस्वीरहरू प्रदर्शनीमा राखिएका हुन्।
![B51X5814.jpg](https://www.himalkhabar.com/uploads/editor/Art/Tony Hegan/B51X5814.jpg)
![B51X5790.jpg](https://www.himalkhabar.com/uploads/editor/Art/Tony Hegan/B51X5790.jpg)
प्रदर्शनीमा जाजरकोट, दैलेख, मुगु, हुम्ला, डोटी, अछाम, बाजुरा लगायतका पश्चिम नेपालका विभिन्न ठाउँका तस्वीर राखिएका छन्।
![Katrina-Hagan-1709041298.jpg](https://www.himalkhabar.com/uploads/posts/Katrina-Hagan-1709041298.jpg?timestamp=1709041299399)
![Pratima-Pandey-1709041222.jpg](https://www.himalkhabar.com/uploads/posts/Pratima-Pandey-1709041222.jpg?timestamp=1709041223804)