काठमाडौंमा मुन्धुम चित्रकला प्रदर्शनी (तस्वीर)
![काठमाडौंमा मुन्धुम चित्रकला प्रदर्शनी (तस्वीर)](https://www.himalkhabar.com/uploads/posts/800X600/mundhum-(7)-1708168828.jpg)
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ काठमाडौंमा शुरू भएको छ।
स्वदेशी तथा विदेशी चित्रकारलाई सहभागी गराएर असोज १७ गतेदेखि असोज २० गतेसम्म दिक्तेलमा मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरिएको थियो।
त्यसकै आधारमा शनिबारदेखि काठमाडौंमा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ शुरू गरिएको हो। कला, संस्कृति र पर्यटन प्रवर्द्धनका लागि बबरमहलस्थित नेपाल कला परिषद्मा एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रदर्शनीको उद्घाटन गरेका छन्।
![mundhum (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Art/mundhum_ktm/mundhum (1).jpg)
दिक्तेलमा भएको प्रदर्शनीमा सहभागी ४३ चित्रकारले कोरेका चित्र राखेर काठमाडौंमा पनि प्रदर्शनीको आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईले बताए। फागुन १७ गतेसम्म प्रदर्शनी चल्नेछ।
दिक्तेलमा आयोजना गरिएको चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी नेपाल सहित अस्ट्रेलिया, बाङ्लादेश, भूटान, चीन, जापान, इजिप्ट, भारत, लाटभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका कलाकारले बनाएका ११८ सहित २०० चित्रलाई काठमाडौंको प्रदर्शनीमा राखिएको उपमेयर बिसन राईले बताए।
दिक्तेलमा आयोजना गरिएको मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीकै अर्को शृंखलाका रूपमा काठमाडौंमा आयोजना गरिएको उनले बताए।
![mundhum (2).jpg](https://www.himalkhabar.com/uploads/editor/Art/mundhum_ktm/mundhum (2).jpg)
![mundhum (3).jpg](https://www.himalkhabar.com/uploads/editor/Art/mundhum_ktm/mundhum (3).jpg)
![mundhum (4).jpg](https://www.himalkhabar.com/uploads/editor/Art/mundhum_ktm/mundhum (4).jpg)
![mundhum (5).jpg](https://www.himalkhabar.com/uploads/editor/Art/mundhum_ktm/mundhum (5).jpg)
![mundhum (6).jpg](https://www.himalkhabar.com/uploads/editor/Art/mundhum_ktm/mundhum (6).jpg)
![mundhum (8).jpg](https://www.himalkhabar.com/uploads/editor/Art/mundhum_ktm/mundhum (8).jpg)
![mundhum (9).jpg](https://www.himalkhabar.com/uploads/editor/Art/mundhum_ktm/mundhum (9).jpg)
![mundhum (10).jpg](https://www.himalkhabar.com/uploads/editor/Art/mundhum_ktm/mundhum (10).jpg)
![mundhum (11).jpg](https://www.himalkhabar.com/uploads/editor/Art/mundhum_ktm/mundhum (11).jpg)