सौरहामा भेला हुँदै थारू समुदायका कलाकार
![सौरहामा भेला हुँदै थारू समुदायका कलाकार](https://www.himalkhabar.com/uploads/posts/800X600/tharu-kalakar-1707396767.jpg)
देशभरका थारू समुदायका कलाकार चितवनको सौरहामा भेला हुँदै छन्।
राष्ट्रिय थारू कलाकार मञ्चको पहिलो महाधिवेशनका लागि देशभरका कलाकार सौरहामा भेला हुन लागेका हुन्। माघ २७ र २८ गते हुने महाधिवेशनमा ३०० भन्दा बढी कलाकार सहभागी हुने मञ्चका महासचिव रोशन रत्गैयाले बताए।
पाँच वर्षअघि गठन भएको मञ्चले थारू बहुल २६ जिल्लामा शाखा विस्तार गरेको छ। महासचिव रत्गैयाको अनुसार प्रत्येक जिल्लाबाट पाँच जना प्रतिनिधि र एक जना पर्यवेक्षक सहभागी हुनेछन्।
महाधिवेशन उद्घाटन समारोहमा थारू पौराणिक-मौलिक लोकनाच र झाँकी प्रस्तुत गरिने भएको छ। दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ।