कोभिड-१९ बाट ७६ जना सङ्क्रमित
![कोभिड-१९ बाट ७६ जना सङ्क्रमित](https://www.himalkhabar.com/uploads/posts/800X600/antigen_test_1617430743.jpg)
पछिल्लो २४ घन्टामा ७६ जना कोभिड-१९ बाट सङ्क्रमित भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार ६०३ जनाको नमूना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण देखिएको हो।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १३७ रहेको छ। संस्थागत आइसोलेशनमा २४ र सघन उपचार कक्षमा १२ जना रहेका छन्।
यस्तै, मन्त्रालयले खोप लगाउन छुटेका पाँच वर्षमुनिका सबै बालबालिकाका लागि आइतबार नियमित खोप दिइने जानकारी दिएको छ।
देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महीनाभित्र लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको छ।