कोरोनाबाट नेपालगञ्जमा एक जनाको मृत्यु
कोरोनाभाइरसको संक्रमणबाट बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ।
बाँकेकै राप्तीसोनारी गाउँपालिका-२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा शनिबार मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि भेरी अस्पताल भर्ना गरिएको थियो।
उपचारका क्रममा परीक्षण गर्दा वैशाख १ गते कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको थियो। उनलाई एक सातादेखि आईसीयूमा राखेर उपचार भइरहेको थियो। उनलाई दमको पनि समस्या रहेको अस्पतालले जनाएको छ।