कोरोनाबाट थप एक जनाको मृत्यु
![कोरोनाबाट थप एक जनाको मृत्यु](https://www.himalkhabar.com/uploads/posts/800X600/antigen_test_1617430743.jpg)
कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोनाबाट एक जनाको ज्यान गएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २३ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज ५७१ जनाको पीसीआर परीक्षण गर्दा ६३ जनामा र एक हजार ६१ जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज ६० जना कोरोनामुक्त भएका छन्। अझै ३७९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।