आठौं शताब्दीको बुद्ध मूर्ति चोरी
![आठौं शताब्दीको बुद्ध मूर्ति चोरी](https://www.himalkhabar.com/uploads/posts/800X600/chapagaun_1678685340.jpg)
ललितपुरको चापागाँउमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक महत्त्वका बुद्धका दुई वटा मूर्ति चोरी भएका छन्।
चापागाउँस्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी भएको स्थानीय श्रीधर श्रेष्ठले बताए। चार मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि फागुन १७ गते पनि मूर्ति चोरी भएको थियो।
चैत्यमा राखिएको चारमध्ये तीन मूर्ति चोरी भइसकेको जनाइएको छ। बुद्धको मूर्ति भएको स्तूप भत्काएर चोरी गरिएका अवस्थामा सर्वसाधरणाले भेट्टाएका हुन्। यो चैत्य सन् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ।