त्रिविको समस्या समाधान गर्न सभामुखको रुलिङ
सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को समस्या समाधान गर्न रुलिङ गरेका छन्।
आज बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमालेका) सांसद प्रदीप ज्ञवालीले त्रिभुवन विश्वविद्यालयमा गुन्डागर्दी भइरहँदा पनि सरकार मौन रहेको भन्दै ध्यानाकर्षण गरेका थिए। त्यसपछि सभामुख सापकोटोले सांसद ज्ञवालीले उठाएका कुरामा सभाको ध्यानाकर्षण भएको भन्दै त्यसको समाधान गर्न सरकारलाई निर्देशन दिएका हुन्।
उनले भने‚ “माननीय सदस्यहरू, त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दी लगायतका विरोध कार्यक्रमहरूले विश्वविद्यालयका शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनुभएको छ। सभाको गम्भीर ध्यानाकर्षण भएको छ। तसर्थ यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देश गर्दछु।”