सुहाङले बढाए मतान्तर, कसको मत कति?
![सुहाङले बढाए मतान्तर, कसको मत कति?](https://www.himalkhabar.com/uploads/posts/800X600/suhang-dambar-1714368700.jpg)
इलाम २ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाएका छन्।
निर्वाचन आयोगका अनुसार सोमबार साँझ ७:४५ बजेसम्मको मतगणनामा नेम्वाङ ६ हजार ४३९ मतले अगाडि छन्। उनले १९ हजार ११४ मत पाएका छन्।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६७५ मत पाएका छन्। सोमबार बिहानदेखि भने खड्काले मतान्तर घटाउन सकेका छैनन्।
तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूको नौ हजार ४१० मत छ। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूको तीन हजार २४२ मत छ।
अहिलेसम्म ४५ हजार ९५३ मत गणना भएको छ। यस क्षेत्रमा ६९ हजार २८७ मत खसेको थियो।
![suhang-5.JPG](https://www.himalkhabar.com/uploads/editor/election/ilam_2/suhang-5.JPG)