कोरोनाबाट तीनको मृत्यु, ४४४ संक्रमित थपिए
![कोरोनाबाट तीनको मृत्यु, ४४४ संक्रमित थपिए](https://www.himalkhabar.com/uploads/posts/800X600/omicron_1642244767.jpg)
कोरोनाभाइरसको संक्रमणबाट बिहीबार तीन जनाको मृत्यु भएको छ भने ४४४ जनामा संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, चार हजार ९५४ नमूना परीक्षण गर्दा ४४४ जनामा कोरोना देखिएको हो। एक हजार ९९६ जनाको पीसीआर परीक्षण गर्दा २११ जनामा र दुई हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा कोरोना पुष्टि भएको हो।
त्यस्तै, कोरोनाबाट तीन जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९९८ पुगेको छ।
पछिल्लो २४ घण्टामा ३०७ जना निको भएका छन्। यससँगै सक्रिय संक्रमितको संख्या पनि चार हजार १९९ पुगेको छ।