आज कोरोना संक्रमितभन्दा निको हुने धेरै
![आज कोरोना संक्रमितभन्दा निको हुने धेरै](https://www.himalkhabar.com/uploads/posts/800X600/corona_1608947850.jpg)
केही सातायता कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको भए पनि आज भने निको हुनेको संख्या धेरै रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज चार हजार ३३७ नमूना परीक्षण गर्दा २९९ जनामा कोरोना देखिएको छ। जसमध्ये एक हजार ६७० जनाको पीसीआर परीक्षण गर्दा १८० जनामा र दुई हजार ६६७ जनाको एन्टिजेन परीक्षण गर्दा ११९ जनामा कोरोना पुष्टि भएको हो।
त्यस्तै, आज ५७७ जना निको भएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या पनि घटेर चार हजार ६२५ मा झरेको छ। शुक्रबार सक्रिय संक्रमितको संख्या पाँच हजार २४ थियो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९९२ पुगेको छ।