६२३ कोरोना संक्रमित थपिए, ४८७ निको भए
![६२३ कोरोना संक्रमित थपिए, ४८७ निको भए](https://www.himalkhabar.com/uploads/posts/800X600/omicron_vs_delta_1642943663.PNG)
देशभर आज ६२३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने ४८७ जना निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज चार हजार ९४५ नमूना परीक्षण गर्दा ६२३ जनामा कोरोना देखिएको हो। बिहीबार ५४२ जनामा कोरोना पुष्टि भएको थियो।
पछिल्लो २४ घण्टामा एक हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जनामा र तीन हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा कोरोना देखिएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार, आज ४८७ जना निको भएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या पनि पाँच हजार २४ पुगेको छ।