एकै दिन थपिए ७८१ कोरोना संक्रमित, दुईको मृत्यु

आज देशभर ७८१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने दुई जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ७१२ जनाको परीक्षण गर्दा ७८१ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये दुई हजार २९० जनाको पीसीआर परीक्षण गर्दा ४१९ जनामा र दुई हजार ४२२ जनाको एन्टिजन परीक्षण गर्दा ३६२ जनामा कोरोना देखिएको हो।
त्यस्तै, कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९८४ पुगेको छ।
पछिल्लो २४ घण्टामा ५११ जना निको भएका छन्। यससँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ७७५ पुगेको छ।