३७ सय स्वाब परीक्षण गर्दा ५५३ मा कोरोना
![३७ सय स्वाब परीक्षण गर्दा ५५३ मा कोरोना](https://www.himalkhabar.com/uploads/posts/800X600/omicron_vs_delta_1642943663.PNG)
कोभिड–१९ को परीक्षण घट्दा नयाँ पुष्टि हुने संक्रमितको संख्या पनि केही घटेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आज तीन हजार ७८९ स्वाब परीक्षण गर्दा ५५३ जनामा कोरोना पुष्टि भएको छ। शनिबार चार हजार ६८२ जनाको स्वाब परीक्षण गर्दा ६६० जनामा कोरोना देखिएको थियो।
आज दुई हजार ४० जनाको पीसीआर परीक्षण गर्दा ४५१ जनामा र एक हजार ७४९ जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जनामा कोरोना देखिएको हो।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४३३ जना निको भएका छन्। योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६५९ पुगेको छ।