निर्वाचन तोकिएकै मितिमा हुन्छ, शङ्का नगर्नुस्: प्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने बताएका छन्।
निर्वाचन आयोगले नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको सहकार्यमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा थपलियाले वैशाख ३० मै निर्वाचन हुने बताएका हुन।
“निर्वाचन समयमा नहुने भन्दै दूषित समाचार आएका छन्, तर यो सत्य होइन,” प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “हामीले गत कात्तिकदेखि निर्वाचनको वातावरण बनाउन थाल्यौं। यसमा अब कुनै शङ्का र संशय छैन।”
थपलियाले निर्वाचनमा हुने खर्चको अनुगमन बढाएको बताए। यस्तै, आचारसंहिता लागू गर्न प्रेस काउन्सिल र पत्रकार महासंघको सहकार्यमा काम भइरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।