महानगर र उपमहानगरका उम्मेदवारबारे छलफल गर्न देउवाले बोलाए बैठक
स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आज दिउसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। आजको बैठकमा कार्यसम्पादन समितिका सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
कांग्रेसले स्थानीय निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारबारे केन्द्रबाटै टुंगो लगाउने भएको छ। त्यसका लागि आजको कार्यसम्पादन समितिको बैठकमा छलफल हुने मुख्य सचिव पौडेलले बताए।
उनका अनुसार आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको अजेन्डामा महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार छनोटको विषय पनि रहेको छ।
स्थानीय तहको निर्वाचत ३० वैशाखमा हुँदै छ। त्यसका लागि निर्वाचन आयोगले ११ र १२ वैशाखमा उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ।