रेखा थापा सहित १४ जना राप्रपा केन्द्रीय सदस्यमा मनोनीत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जना केन्द्रीय सदस्यको मनोनयन गरेका छन्।
रेखा थापा (काठमाडौं), लीलादेवी श्रेष्ठ (इलाम), बिन्दु पौडेल (नवलपुर), प्रेक्षा मल्ल (धनुषा), मीना झा (सर्लाही), सन्तोषी शाही ठकुरी (सुर्खेत), स्वाती थापा (रुपन्देही), पुष्पा रजौरिया (कपिलवस्तु), लक्ष्मी तण्डुकार (काठमाडौं), समृद्धि राणा (उदयपुर), मीना न्यौपाने (चितवन), शान्तिमाया गुरुङ (धादिङ), जयाकुमारी महतो (सप्तरी) र सावित्रा थापा (काठमाडौं) लाई केन्द्रीय सदस्य मनोनयन गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
प्रवक्ता श्रेष्ठका अनुसार, अध्यक्ष लिङ्देनले यसअघि ३२ जना केन्द्रीय सदस्य मनोनयन गरेका थिए। १९९ सदस्यीय केन्द्रीय समितिमा अध्यक्षले ५० जना मनोनीत गर्न पाउने प्रावधान छ।
यससँगै अध्यक्ष लिङ्देनले आज राप्रपा केन्द्रीय समितिको बैठक बोलाएका छन्। समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठका बोलाएको जनाइएको छ।