एमसीसीको विपक्षमा मतदान गर्ने माओवादीको निर्णय
नेकपा (माओवादी केन्द्र) ले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले एमसीसी सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले बताए।
बैठकका निर्णयबारे जानकारी दिंदै गुरुङले भने, “एमसीसी सम्झौता संशोधन तथा परिमार्जन नगरी अगाडि बढाउन सकिंदैन। सरकारले जबर्जस्ती ल्यायो भने विपक्षमा मतदान गर्ने निर्णय भएको छ।